HomeFeatureकरिव नौ दिनभित्र निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने निर्वाचन आयोगको अनुमान

करिव नौ दिनभित्र निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने निर्वाचन आयोगको अनुमान

काठमाडौं, 22 नवम्बर 2022

निर्वाचन आयोगले करिव नौ दिनभित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरूको मतगणना कार्य सो समयभित्र सम्पन्न गरिसक्ने योजना रहेको बताएका छन् । उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुनेसमेत स्पष्ट पारे । सहायक प्रवक्ता अर्यालले भने, ‘प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ । प्रदेश सभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ । हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८/९ दिनमा सकिने अनुमान गर्न सक्छौँ ।’ मंसिर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आइसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए । हाल प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना भइरहेको छ ।

मतगणना रोकिएको कतिपय स्थानहरुमा भने राजनीतिक सहमती गरेर त्यहाँको मतगणना कार्य शुरु गर्ने आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

आयोगले सबै क्षेत्रहरूमा मतगणना शुरु भएको मितिले २ दिनभित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...