2 नवम्बर 2021
झापा कनकाई नगरपालिका–१ का बेनुप्रसाद उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । मंगलबार बिहान उप्रेतीले ६ बजे वडा नम्बर १ प्रजापतिस्थित रेडक्रस भवन नजिकै रहेको भष्मे पैनीमा करेन्ट लगाएर माछा मारेका थिए । बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा उप्रेतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डीएसपीले जनाए ।









































