सुर्खेत,२२ जनवरी
कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो ।
आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।









































