HomeFeatureकर्मभूमि पनि मातृभूमि सरहनै सम्माननिय हुन्छ

कर्मभूमि पनि मातृभूमि सरहनै सम्माननिय हुन्छ

दिल्लीमा पछिल्लो समयमा आएर नेपाली समुदाय माथि हिँसा अपराधका बढेका धटनाहरुले समुदायलाई चिन्तीत तुल्याएको छ । एका दुक्का केसहरु समाधान भए पनि धेरे जसो आपराधीक केसहरुमा पिडितहरुले न्यायको साटो प्रताडना झेलेको छयाप्छयाप्ती घटनाहरु पनि हामी सामु छन् । विस्तारै जनचेतना र जागृति पनि समुदायमा फैलिएको परिप्रेक्ष्यमा विभिन्न घटनाहरुलाई ओझेलमा पर्न न दिन र वास्तविक न्यायको अनुभूति गर्ने खालको वातावरण समुदायमा पुऱ्याउनमा नेपाली हकहितका संगठनहरुले पनि राम्रो भूमिका खेलेका छन् । स्थानिय प्रशासनको पनि नेपाली समुदायलाई हेर्ने दृष्टिकोणमा फरक पना आएको भर्खरै मञ्जनुका टिलामा घटेको घटनाका आरोपितलाई 5 दिनमै पक्राउ गरेर उदाहरण प्रस्तुत गरेको छ, । सो घटनामा भारतस्थित नेपाली राजदूतावास, नेपाली संघ–संगठनहरु, पत्रकारहरुले एकजुट किसिमको प्रयासद्धारा प्रशासनमाथि दबाव सिर्जना गर्न सफल भए, जस्को परिणाम पनि तत्काल देखियो । यस्ता अपराधीक घटनाहरुमा समुदायको साथ र सहयोगको पनि तेतिकै आवश्यक्ता पर्छ, जति संघ-संगठन को आवश्यक्ता पर्छ, त्यसैले हामी जो जहाँ छौं त्यहीबाट एक अर्काप्रति सहयोगी भावना जुटाउनु पर्छ । समग्र समुदायको एक जुटताले समुदायको विकासमा त भूमिका खेल्छनै,समुदायलाई एकजुट पनि बनाउँछ । अपराध  रोकथामको जिम्मेवारी सुरक्षा निकायको मात्र न भई समाजको पनि हो । आफु वरपर भै रहेका क्रियाकलापमाथि खुल्ला आँखा राख्नु जरुरी छ । अर्काको देशमा केहि लाग्दैन् भन्ने मनस्थितिबाट बाहिर आएर यो बुझ्न जरुरी छ कि कानुन सबैको लागि समान हुन्छ, ‘लैण्ड  अफ ल’  को सम्मान गर्नै पर्छ । अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउने हक सबैलाई छ । सम्पूर्ण नागरिकको मूलभूत अधिकारको रक्षा गर्ने जिम्मेवारी सुरक्षा निकायको हो, त्यसमा अलानो–फलानो नागरिक भनेर जनताको हक अधिकार कुल्चने चेष्टा कसैबाट हुनुहँदैन । भारत प्रवासमा कार्यरत नेपालीको लागि जन्मभूमि नेपाल भए पनि कर्म भूमि भारत नै हो । कर्मभूमि पनि मातृभूमि सरहनै सम्माननिय हुन्छ, यसरी आफ्नो परिश्रमले यो राष्ट्रको विकासमा निकै ठूलो योगदान पुऱ्याई रहेको यो नेपाली समुदायको रक्षा गर्ने जिम्मेवारी सरकार को हो । मौखिक कुरा भन्दा पनि समुदायले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालको वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारको हो । सरकारले सुरक्षा निकायसँग तालमेल गरि यो समस्याको समाधानमा तत्काल पहल गर्नुपर्छ । हाम्रो समुदाये पनि नेपाली हक हितका संघ-संस्थाहरुसँग जोडिरहनु पर्छ, ताकि यस्ता घटनाहरुमा तत्काल पहल कदमी गर्न सजिलो होस । कानुन सबैको लागि बराबर हुन्छ, तसर्थ आफुलाई अन्याय र अत्याचार पर्छ भने तत्काल कानुनको सहयोग लिन पछि पर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...