लिङ्गसे, कालेबुङ/ २ मार्च
मैसुर निवासी कलियुगे श्रवण आफ्नी 71 वर्षीया आमालाई लिएर कालेबुङ जिल्ला अन्तर्गत भारत स्वाधीनता पूर्व 1944 मा स्थापित लिङ्गसेको हरेश्वर शिवालय मन्दिरमा हिजो आइपुगे । जहाँ मन्दिरका सन्तहरू लगायत त्यस क्षेत्रका मानिसहरूले आमा-छोरा दुवैलाई स्वागत जनाए । लिङसे कालेबुङ अन्तर्गत पर्ने पेदोङको फेदमा अवस्थित छ अनि यहाँ जान पर्दा सिक्किमको रिनक भएर जानू पर्छ। स्मरण गराइन्छ, कलियुगे श्रवण दक्षिणा कृष्ण कुमारले 16 जनवरी 2018 देखि आफ्नी 71 वर्षीया आमालाई लिएर तीर्थ यात्रामा निस्केका हुन् ।

आमालाई लिएर हिंड़ने उनीसित उनको बुवाको तीस वर्ष पुरानो स्कुटर छ, त्यसैमा लिएर यतिका दिनदेखि हिंड़रहेका छन् । उनको भनाइ अनुसार आमाले सधैं बुवाछोराका लागि घरका काम गरिरहन्थिन् । नले घरको नजीकै रहेको नदीसम्म पनि हेर्न पाएकी थिइनन्। यही भएर उनले आफूले गरिरहेको जागिर छोड़ेर आमालाई लिएर निस्केका हुन् । कृष्ण कुमारले बताए अनुसार उनी अरूको सहयोगको रुपियाँ लिएर होइन, आफ्नै कमाइमा आमालाई घुमाइरहेका छन् । उनले अगाडी भने, हामीलाई जन्म दिने माता-पिता नै ईश्वर हुन्, कुराकानी गर्ने यस्ता ईश्वरलाई हामीले पुज्नु पर्छ । माता-पिता श्रद्धा-माला लाइदिनु राम्रो कुरा हो ।









































