HomeFeatureकविता: माया त मीठो अनुभूती हो, सबैलाई चाहिन्छ !

कविता: माया त मीठो अनुभूती हो, सबैलाई चाहिन्छ !

“माया”
न दिएर रित्तिन्छ
न मागेर पाईन्छ
माया त मिठो
अनुभूति हो हेर
जुन तिमी म र हामी
सबैलाई चाहिन्छ।।

माया रिसमा पनि
मिसिएर आउँछ कि
खुशीमा मात्र गाँसिएर
यो कुनै सिमानाभित्र
बाँधिएर बस्दैन रहेछ
माया त हृदयको
ढुकढुकि बनेर
नशा-नशामा बग्ने
रगत झै फैलिदो
रहेछ पुरै शरीरभरी
जसरी तुवाँलो लागेको
आकाश ,घामको थोरै
स्पर्श मात्र पाउँदा नि
छर्लङ्ग उज्यालो हुन्छ
हो, त्यसैगरी मायाले
जीवनमा उज्यालो
रङ्ग छर्दोरहेछ।।।

न चाहेर किन्न सकिने
न कसैसँग खोस्न सकिने
न मुहारमा गएर टक्क
अडिने,न गर्दिन भो
अब भनेर हराउने
न बिर्सिन सकिने
न सम्झेर साथमा
नै राख्न मिल्ने
माया त मृगतृष्णा
पो रहेछ,जो पाउने
आशैआशमा जीवन
व्यतीत भईजाने ।।।।

शारदा चौलागाईं काठमाण्डौ

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...