काठमाडौं, 28 नवम्बर 2021
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गर्नुभएको छ । आइतबार काठमाडौं बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी रुपान्तरणका १० एजेण्डाए सार्वजनिक गर्नुभएको हो । अदालतको अवस्था बिग्रनु आन्तरिक लोकतन्त्र कमजोर हुनु जत्तीकै भएको बताउदै संवैधानिक परिषदलाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश देखि विपक्षी दलहरु समेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको नेता पौडेलको आरोप छ । नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले नेपाली काँग्रेस पार्टीले चुनाव हार्ने नेताले चुनाव जित्ने यो कस्तो प्रक्रिया हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले नेपाली काँग्रेस प्रजातन्त्रको उल्टो गतिमा हिँडिरहेको चर्चा गर्नुभयो । उहाँले व्यवस्था फेर्ने थला नेपाललाई बनाउँदा नेपालले थेग्न नसक्ने तर्क गर्नुभयो ।









































