काठमाडौं, 27 नवम्बर 2021
काँग्रेसको बाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौंको शान्तिवाटिकामा घोषणासभा आयोजना गर्दै काँग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताउनुभयो । उहाँले तीन तहमा देखिएका समस्या माधान गर्न र नेपाली काँग्रेसको पालामा बनेको संविधान कार्यान्वयनसँगै रक्षा गर्न आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताउनुभयो । प्रधानलाई वाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गर्नुभएको थियो । काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । वाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ ।









































