HomeFeatureकांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा चयन

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा चयन

काठमाडौं, 7 सितंबर 2022

आउँदो मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले घोषणापत्र तयारी समिति बनाएको छ। समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई नियुक्त गरिएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको उल्लेख गरेका छन्। नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी विधान बमोजिम महामन्त्री श्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा उल्लेख भनिएको छ। यसअघि स्थानीय चुनावमा कांग्रेसको घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री गगन थापाले पाएका थिए। यस पटक सभापति देउवाले घोषणापत्र तयार गर्न शर्मालाई चुनेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...