HomeFeatureकांग्रेसको वडा अधिवेशन स्थगित

कांग्रेसको वडा अधिवेशन स्थगित

काठमाण्डौ, 24 जुलाई 2021

नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोरोना संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी वडा तहको अधिवेशनलाई स्थगन गर्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले साउन १२ गते बिहान ९ बजे क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसपछि मात्रै वडा तहको मिति तय गर्ने बताए । त्यस्तै, अधिकांश क्रियाशील सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको र प्रतिवेदन हस्तान्तरण गर्नुपूर्व सबै स्थानको क्रियाशील विवाद समाधान हुने उनको दाबी छ । बैठकमा पार्टी सभापति देउवाले क्रियाशील सदस्यता विवाद छिटो टुङ्ग्याउन निर्देशन दिएका उनले बताए । प्रवक्ता शर्माले आगामी भदौमा तोकिएको पार्टीको केन्द्रीय महाधिवेशन हुने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...