HomeFeatureकांग्रेसको सभापतिको उम्मेद्वारका बिषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने

कांग्रेसको सभापतिको उम्मेद्वारका बिषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने

काठमाडौं, 7 दिसम्बर 2021

नेपाली कांग्रेसको सभापतिको उम्मेद्वारका बिषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने भएको छ । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको सो समूहको बैठकले बुधबार बेलुकासम्म साझा उम्मेदवारसहित धारणा सार्वजनिक गर्ने निर्णय गरको हो । बैठकमा भएको छलफलमा कांग्रेस महामन्त्री शशांक कोइराला सभापतिको दावेवारीबाट पछि हट्नुभएको छ । बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाउनुभएको थियो ।  कांग्रेस बरिष्ठ नेता रामचन्द पौडेल सहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुनुहन्छ । बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषयमा सहमति नजिक पुगेको बताउनुभयो । उहाले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने जानकारी दिनुभयो । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको उहाको भनाई छ । त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफु मागप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताउनुभयो ।आफूहरुबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ । सो पक्षको भेला बुधबार पुन बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...