HomeFeatureकांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबारबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबारबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु

काठमाडौं, 22 नवम्बर 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबारबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा सोमबारबाट क्षेत्रीय अधिवेशन शुरु भएको हो । यस अधिवेशनबाट क्षेत्रीय नेतृत्व चयन हुने छ भने केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन् । एक प्रतिनिधि सभा क्षेत्र बराबर २६ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् । यसरी आउने महाधिवेशन प्रतिनिधिहरु बीच नै केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धा हुने छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशनबाट हुने प्रतिनिधि छनौटका नतिजा मंगलबारसम्म आउने कांग्रेसले जनाएको छ । १४ जिल्लामा भने जिल्ला अधिवेशन नै सम्पन्न भईसकेको छ भने केही जिल्लामा वडा स्तरमै विवाद रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्य तालिका रहेको छ भने मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...