HomeFeatureकांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार

कांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार

काठमाण्डौ, 20 जुलाई 2021

नेपाली कांग्रेसकोे १४औं महाधिवेशनको वैचारिक प्रचारका लागि प्रविधि मैत्री अभियानको थालनी गरिएको छ । केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले प्रविधि मैत्री अभियान सुरु गर्ने निर्णय लिएको उल्लेख गरिएको छ। बैठकमा नेपाली कांग्रेसको वेबसाइटलाई आधुनिकीकरणका साथसाथै क्रियाशिल सदस्यताको अभिलेखिकरणको कार्यमा सकारात्मक रहेको बताइएको छ । त्यस्तै केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।

कोरोना भाइरसको संक्रमण कम भएको मौकामा नेपाली कांग्रेसको १४औं महाधिवेशन भौतिक रुपमै आयोजना गर्ने अपेक्षा रहेपनि पछिल्लो समय बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखी विभागले ‘डिजिटल भोटिङ’ को सुरुवात गरेको बताइएको छ ।

गत महिना असार (२४ र २५) मा बसेको नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक  भौतिक र भर्चुअल दवैै प्रक्रियाबाट सम्पन्न भएको हो । उक्त बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसिएको थियो । बैठकमा ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको वक्तव्य जारि गरिएको छ।

७७ वटै जिल्ला रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिइएको छ । प्रविधि मार्फत केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता रहेको बताइएको छ। ‘डिजिटल भोटिङ’को लागि जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको जनाइएको छ । प्रविधि मैत्री अभियानलाई सफल बनाउनका लागि केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको व्यवस्थापन गर्ने बताइएको छ । १४ औं महाधिवेशन प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने बताएको छ ।  १४ औं महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधारलगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशिल सदस्यमाझ पुुर्याउनका लागि आवश्यक सामग्री तयार गर्न संयोजनका लागि सचिव दिनेश थापा मगरलाई दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...