HomeFeatureकांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना: शेरबहादुर देउवा

कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना: शेरबहादुर देउवा

काठमाडौं, 26 मार्च 2022

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै देउवाले पार्टीभित्र सवै नेताले जितोस् र पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताउनुभएको हो । उहाले आफ्नो कतव्र्य भनेको नै पार्टीलाइ जिताउनु भएको जिकिर गर्नुभयो । उहाले गठबन्धनको कुरा गरेर आफुले केहि नविगारेको र पार्टीको हितका लागि नै काम गरेको दावी गर्नुभयो । अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताउनुभयो । बीपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै उहाले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गर्नुभयो । त्यस्तै उहाले संसद बिघटन गर्दा नै आफु चूनावको पक्षमा रहेपनि संसद पुर्नस्थापनापछि सवैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताउनुभयो । उहाले पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको र एमसीसीका कारण व्यापार घाटा कम हुने दावी गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता शेखर कोईरालाले कांग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताउनुभयो । गठबन्धनका कारण कांग्रेसको अवस्थामा भारतीय कांग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उहाको भनाइ छ । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...