HomeFeatureकांग्रेस नेता गिरीको निधन, नेजस सहित भारतमा रहेका विभिन्न संघ संगठनद्वारा शोक...

कांग्रेस नेता गिरीको निधन, नेजस सहित भारतमा रहेका विभिन्न संघ संगठनद्वारा शोक व्यक्त

दिल्ली, 22 अगस्त 2022

नेपाली राजनीतिमा विद्वान राजनेताको रूपमा चिनियएका कांग्रेस नेता प्रदीप गिरीको निधनमा प्रवासमा रहेका संघ संगठन हरुले गहिरो दुख प्रकट गरेका छन। आइतबारका दिन 75 वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा राति 9:30 बजे उनको निधन भएको हो। केही हप्ता पहिले मात्रै उनी भारतमा घांटीको कैंसरको उपचार गरेर साउन दोस्रो साता नेपाल फर्केका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिए पछि साउन 9 गते उनी मेडिसिटीमा भर्ना भएका थिए। उनको जन्म 2004 सालमा सिरहाको बस्तीपुरमा भएको थियो। बुबा मित्रलाल गिरि र पुण्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक बिपी कोइरालाका सहयात्रीसमेत भए । बिपीसँग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले 3 वर्ष जेल जीवन बिताए । 2051 सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी 2056 को आम निर्वाचनमा पराजित भए । 2064 र 2070 को संविधानसभामा समानुपातिक सांसद्को रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले 3 असोज 2072 मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् । त्यसपछि 2074 मा भएको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उनी निर्वाचित भए । पकट–पटक सांसद् बनेका गिरिमा सत्ता प्राप्तिको लालशा कहिल्यै देखिएन । गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । शालीन र त्यागी नेता गिरीको निधनमा नेपाल जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका अध्यक्ष उदय राज खड्काले गहिरो शोक व्यक्त गरेका छन। नेशनल लाईभ टिभीका संचालक र नेपाल पत्रकार महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाह आर्यनले पनि उनको निधनमा गहिरो दुख प्रकट गरेका छन। उनले गिरीको निधनले नेपाली राजनीतिमा ठुलो क्षति पुगेको बताएका छन। त्यस्तै भारतमा कार्यरत विभिन्न संघ संगठनहरुले पनि गहिरो संवेदना प्रकट गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...