HomeFeatureकांग्रेस बैठक: पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न...

कांग्रेस बैठक: पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

काठमाडौं, 13 नवम्बर 2021

नेपाली कांग्रेसले पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरि निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो पटक संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिनुभयो । त्यस्तै बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न तयारी समितिहरु पनि गठन गर्ने बिषयमा छलफल भएको र केन्द्रीय समितिले त्यसलाई अन्तिम रुप दिने शर्माले बताउनुभयो । केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेपनि महाधिवेशनका बिषयमा देखिएका अन्यौलता अन्त्य हुने उहाले बताउनुभयो । त्यस्तै यसअघि रोकिएको प्रदेशसम्मको अधिवेशन पनि तोकिएको समयमा नै हुने कांग्रेसले जनाएको छ ।  क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लाको वडा अधिवेशन पनि शनिबारबाटै सुरु भएको छ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । कांग्रेसको निर्वाचन समितिले कात्र्तिक ११ गते महाधिवेशनको संशोधित कार्यतालिका प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...