HomeFeatureकांग्रेस र एमालेको सहकार्य हुनसक्छ: ज्ञवाली

कांग्रेस र एमालेको सहकार्य हुनसक्छ: ज्ञवाली

काठमाडौं, 24 फरवरी 2023

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका ज्ञवालीले आज बिहान पत्रकारहरुसँग कुरा गर्दै मुलुकमा स्थिरता र भूराजनितिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै उनले कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराएको ज्ञवालीको आरोप थियो भने कांग्रेस माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरु सशंकित भएको उनको भनाइ थियो ।

मंसिर 4 गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आए लगत्तै एमालेले औपचारिक रुपमा कांग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहेपनि कांग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिएको उनले बताए ।आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस–एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।

एमालेले सुरु गरेको ‘ग्रास रुट अभियान’को तयारी स्वरुप एमाले पाँचथरले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाँचथर आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...