HomeFeatureकांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो:थापा

कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो:थापा

काठमाडौं, 27 दिसम्बर 2022

सत्तापक्षबाट प्रतिपक्ष बनेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा राजनीतिक संवाद गरेका छन्। महोत्सवमा कांग्रेस महामन्त्री थापाले विश्वकपमा फ्रान्सका एम्बाप्पेको उदाहरण दिँदै पछिल्लो राजनीतिक घटनाक्रमलाई व्याख्या गरेका छन्।

‘केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्‍याङ चढेर अलि माथि पुगेको विश्वप्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्‍याङ चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ। पार्टी कार्यालयमा भएको छलफल होइन। तर म पार्टीको महामन्त्री र निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको हुँ।’ उनले कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने टिप्पणी गरेका थिए।

‘एउटा पूर्वप्रधानमन्त्री अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ,’ उनले भने, ‘कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको। यो हेर्दा समान्य लाग्छ। यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो। एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ।’ कांग्रेसको केन्द्रीय बैठकमा आफूले पटक–पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाएको दाबी उनले गरे। ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो। पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नुपर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने। उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिनेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...