HomeFeatureकाठमाडौँको कलंकी अन्डरपास बन्यो दुर्घटनाको केन्द्र

काठमाडौँको कलंकी अन्डरपास बन्यो दुर्घटनाको केन्द्र

काठमाडौं,७ फरवरी, २०२०
काठमाडौँको कलंकी चोकमा जाम घटाउन चीन सरकारले अन्डरपास बनाइदियो ।
रिंगरोडमा चल्ने गाडीहरु अन्डरपास भएर आवात-जावत गर्छन् । सरकारले आवश्यक न्युनतम् पूर्वाधारहरु नराख्दा यो अन्डरपास दुर्घटनाका हिसाबले भने ‘ब्ल्याक स्पट’ बनेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका निरीक्षक पुरुषोत्तम कार्की एक महिनाका बीचमा अन्डरपासभित्र ३ जनाले ज्यान गुमाइसकेको बताउँछन् । दर्जनौं घाइते भएको उनले बताए । कार्कीले हप्तैजसो अन्डरपासभित्र दुर्घटना भइरहेको भन्दै त्यसलाई रोक्न नसकेकोमा निरीहता प्रकट गरे ।
अन्डरपासभित्र दुर्घटना रोक्नका लागि तत्काल सुधारका काम नहुने संकेत पाएपछि ट्राफिक प्रहरीका अधिकारी यातायात विभागमा डेलिगेसन जाने तयारीमा छन् ।

अन्डरपासभित्रै दुर्घटना

बिहीबार विहान मात्रै बा ४ ख ८५७९ नम्बरको टिपरले अन्डरपास भित्रै प्रदेश २(०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । टिपरको ठक्करबाट रौतहट कटहरिया गाउँपालिका(४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया(७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो । टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको थियो भने मृतकको कम्मरभन्दा मुनिको भाग आगोले जलेको थियो ।

सीसीटीभी फुटेजमा बाइकले लेन क्रस गरेर गलत लेनबाट जाँदै गरेको देखिएको छ । ट्रिपर सही लेनबाट आइरहे पनि आफ्नै लेनमा बाइक आइरहेको देखेपछि बचाउनकै लागि अर्को लेनमा जान खाजेको देखिएको निरीक्षक कार्कीले बताए । बाइकले पनि ट्रिपर देखेपछि आफ्नो लेनमा जान लाग्दा दुर्घटना भएको पाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार यस्तो अवस्था आउनुमा मुख्य कारण अन्डरपासभित्रको कमजोर पूर्वाधार हो । यो अन्डरपासभित्रको सडकमा न लेन छुट्टिने गरी टल्किने रिफ्लेक्टर प्याड राखिएको छ, न पर्याप्त प्रकाश दिने विजुली बत्ती ।

‘साना(साना सीएफएलका भरमा अन्डरपास चलिरहेको छ । दिउँसो पनि अँध्यारो हुने अन्डरपासभित्रै पर्याप्त प्रकाश पुग्दैन,’ निरीक्षक कार्की भन्छन्, ‘रातको सयममा ओभर स्पीडमा आएका सवारी साधन अरुको लेनमा जाने गर्दा नै यहाँ बढी दुर्घटना भएका छन् ।’
निरीक्षक कार्कीले सरकारले नगर्ने भए, सहयोग जुटाएर भए पनि अन्डरपासभित्र सुधारको काम गर्न अनुमति मागिने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...