काठमाडौं, 3 दिसम्बर 2021
काठमाडौँको नयाँबजारस्थित एक ब्लाङ्केट गोदाममा आगलागी हुँदा करौडौको क्षति भएको छ । नयाँ बजारस्थीत आशिष गैलैचा स्टोरमा शुक्रबार दिउँसो दुईबजेदेखि आगो लागेको थियो । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको थियो । करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीका कारण गोदाममा रहेको सबै सामान नष्ट भएको छ । आशिष गैलैचा स्टोरका कर्मचारी खगेन्द्र बहादुर शाहीले आगलागीबाट गोदाममा भएको सवै समान नष्ट भएको र करौडौको नोक्सान भएको जानकारी दिनुभयो । आगलागीको कारण र क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।









































