HomeFeatureकाठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो (फोटो फिचर)

काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो (फोटो फिचर)

काठमाण्डौ, 12 जुन 2021

मनसुन भित्रिए सँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । हामीले बुझेको काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो । बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेति योग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ । काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ । काठमाडौँका धानफाल्ने फाँट खुम्चिदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान उद्धव अधिकारीले बताउनु भयो । स्थानीय जातको धान हराउदा धान चामल सँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसान अधिकारीले बताउनु भयो । यसको अर्को अशर स्थानीयबासीको पोषण चक्र समेत भत्किएको छ ।

 

यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ । संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ । ललितपुर छम्पि क्षेत्रको खेतमा भेटिएका किसान राम चन्द्र तामांगले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताउनु भयो । काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ। निषेधाज्ञाले घरबाट खेत सम्म आउनजान मल विषधि किन्न समस्या परेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...