HomeFeatureकाठमाडौंको टौदहमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास

काठमाडौंको टौदहमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास

काठमाडौं, 11 जून 2022

काठमाडौंको टौदहमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ । जिल्ला बिपद् व्यवस्थापन समिति, काठमाडौंको आयोजनामा शनिबार विपद् प्रतिकार्य अभ्यास गरिएको हो । विपदमा परेकाहरुको खोज तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामाग्रीको बन्दोबस्ती, सुरक्षा निकायसंगको समन्वय तथा परिचालन लगायतका विषयमा केन्द्रित रहेर पूर्वअभ्यास गरिएको समितिले जनाएको छ । अभ्यासमा कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक रुपमा पोखरीमा डुवेका व्यक्तिहरुको उद्दार र उपचार गरेको थियो । कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मनसुनका बेला काठमाडौंमा हुनसक्ने बिपतका घटनाका लागि तत्कालै उद्दारका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । बिपतका घटनामा धनजनको क्षति हुन नदिनका लागि तयार रहेको सन्देश दिनका लागि र बिपदको पूर्वतयारीका लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको उहाले बताउनुभयो । मनसुन सुरु हुनै लाग्दा काठमाडौ लगाएत ललितपुर र भक्तपुरका साथै देशका अन्य जिल्लाहरुमा समेत विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...