HomeFeatureकाठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको: झाँक्री

काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको: झाँक्री

काठमाडौं, 10 जून 2022

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको बताउनुभएको छ । फोहर व्यवस्थापनका बिषयमा शुक्रबार शहरी बिकास मन्त्रालयमा स्थानीय लगाएत सरोकारवाला निकायसंग भएको छलफलका क्रममा मन्त्री झाँक्रीले सिसडोलबासीसंग यसअघि भएका प्रतिवद्धता पुरा नभएको प्रति माफी माग्दै स्थायी रुपमा नै फोहर व्यवस्थापन गर्न बजेटमा कमी हुन नदिने समेत बताउनुभयो । उहाले सिसडोलबासीलाई प्राथमिकतामा राखेर नै आगामी कार्ययोजना अघि बढाउने दावी गर्नुभयो । सिसडोलमा फोहर व्यवस्थापन गर्दा देखिएका समस्याको समाधानका लागि काम सुरु गरिसकेको उहाले बताउनुभयो । मन्त्री झाँक्रीले यसअघि तत्कालको समस्या समाधान गर्न गरिएको सम्झौता कार्यान्वयन नभएका कारण नै समस्या देखिएको भन्दै अव त्यस्तो प्रवृति नदोहरीने धारणा राख्नुभयो । सिसडोलमा गरेको गल्ती अब बञ्चरे डाँडा नदोहरिने उहाको भनाई छ । त्यस्तै सडक निर्माण कार्यलाई पनि तीव्रता दिने उहाले जानकारी दिनुभयो । छलफलका क्रममा कांग्रेस महामन्त्री गगन थापाले यसै बर्षको बजेटमा जग्गा अधिग्रहणका लागि बजेट छुट्टाउनुपर्ने बताउनुभयो । उहाले स्थानीयबासीसंग भएको सम्झौता कार्यान्वयन नहुँदा विश्वसको संकट पैदा भएकाले अव दिर्घकालिन रुपमा नै समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै कांग्रेस नेता प्रकाश शरण महत्तले काठमाडौंको फोहर व्यवस्थापन महानगर, सरकारका बिभिन्न मन्त्रालय लगाएतको सहकार्यमा हुनुपर्ने बताउनुभयो । उहाले फोहर व्यवस्थापन गर्न सरकारले समिति बनाएपनि क्रियाशिल हुन नसकेको तर्क गर्नुभयो । त्यस्तै स्थानीयहरुले सिसडोलबासीहरुको समस्यामाका बारेमा पटक पटक सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएपनि सम्बोधन हुन नसकेको गुनासो गरे । स्थानीयहरुले पैसा उठाउन आन्दोलन गरेको भन्ने भ्रम छरेको उनीहरुको भनाई छ । उनीहरुले सहमतिका नाममा सम्बन्धीत निकायले सदैव स्थानीयहरुलाई भ्रममा राख्ने गरेको बताए । हाल बञ्चरेडाँडा क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि सो क्षेत्रको आवश्यक जग्गा अधिग्रहण गर्ने मन्त्रालयको तयारी छ । यसअघि शुक्रबार राति आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...