HomeFeatureकाठमाडौंमा रास्वपाले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का

काठमाडौंमा रास्वपाले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का

काठमाडौं, 24 नवम्बर 2022

पाँच महिनाअघिमात्रै स्थापना भएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का लागेको छ । पुराना दलमा लामो समय काम गरेर अनुभव बटुलेका र राजनीतिमा स्थापित भइसकेका अनुहारहरू नै फराकिलो मतान्तरले हारेका छन् । अहिलेको प्रविधि र आधुनिक समाजको चरित्र बोकेका युवाहरूले सानो संगठन, कमजोर तयारी र पहिलो प्रयासमै चुनाव जितेका छन् । स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकालेको छ । काठमाडौं–२ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्कीले जितेकी छन् । यी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रसहित चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका बहालवाला मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री भीमसेनदास प्रधानसम्म फराकिलो मतान्तरले पराजित भएका हुन् । स्वतन्त्र पार्टीले चुनाव नजितेका क्षेत्रमा समेत उल्लेख्य मत पाएको छ । काठमाडौं–९ मा उपविजेता बनेको छ भने काठमाडौं–१, ३, ५ र १० तथा ललितपुर–१ र २ मा तेस्रो भएको छ । रास्वपाले नेपाली कांग्रेसले जित्दै आएको काठमाडौं–६ र पहिले नेकपा एमालेले जितेका काठमाडौं–२, ७ र ८ तथा माओवादी केन्द्रले जित्दै आएको ललितपुर–३ खोसेको हो । काठमाडौं–२ बाट ०७० र ०७४ मा माधवकुमार नेपालले एमालेबाटै चुनाव जितेका थिए । एमाले फुटाएर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक यहाँबाट उठेनन् । यहाँ नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पूर्वसभामुख ओनसरी घर्तीदेखि राप्रपाकी कुन्ती पोखरेलसम्म प्रतिस्पर्धी थिए । तर, चुनाव भने स्वतन्त्र पार्टीकी सोबिता गौतमले जितेकी छिन् । गौतमले १५ हजार २२९ मत ल्याउँदा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत ल्याएर दोस्रो भए । राप्रपाकी पोखरेल तेस्रो र गठबन्धनकी उम्मेदवार घर्ती चौथो भएका छन् । पोखरेलले ११ हजार १४ र घर्तीले ९ हजार ४४९ मत पाएकी छन् । काठमाडौं–२ मा एमालेले जस्तै कांग्रेसले बलियो पकड बनाएको क्षेत्र हो, काठमाडौं–६ । तर, यसपटक यहाँबाट दुई पटक निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान फराकिलो अन्तरले पराजित भएका छन् । यहाँबाट स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर जिते भने नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्वआईजीपी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए । कांग्रेसका प्रधानले भने ८ हजार ८०५ मत पाए  चुनावअघि काठमाडौं–७ मा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईको चर्चा थियो । तर, चुनाव भने स्वतन्त्र पार्टीका गणेश पराजुलीले जितेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन उम्मेदवार मानुषी भने तेस्रो भइन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर चुनाव जित्दा नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत पाएका छन् । मानुषीले ६ हजार ६३ मत पाएकी छिन् । यहाँबाट ०७४ मा नेकपा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए । यसपटक एमालेमा टिकट नपाएका रामवीरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ७५३ मत ल्याए । त्यस्तै, काठमाडौं–८ मा पनि बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई पराजित गर्दै स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । ०७४ मा एमालेबाट चुनाव जितेका जीवनराम यसपटक कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार थिए । तर, स्वतन्त्रका विराजभक्तले फराकिलो मतान्तरसहित चुनाव जितेका छन् । उनले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् । जीवनरामले भने ४ हजार ८७७ मतमात्रै ल्याएका छन् । उता ललितपुर–३ मा पनि बहालवाला मन्त्री पम्फा भुसाल पराजित भएकी छिन् । यहाँ पनि स्वतन्त्र पार्टीकै तोसिमा कार्कीले जितेकी छिन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेकी मन्त्री भुसालले ८ हजार ७६९ मत मात्रै पाइन्  काठमाडौंका दस क्षेत्रमध्ये ०७४ मा एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ गरी छ क्षेत्रमा जितेको थियो । यसपटक एमालेले क्षेत्र नं. ९ मात्रै जितेको छ । यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, कांग्रेसले पहिले क्षेत्र नं. १, ४, ६ र १० गरी चार क्षेत्र जितेको थियो । यसपटक कांग्रेसले पाँच क्षेत्र जितेको छ । कांग्रेसबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । यीमध्ये सिंह, थापा र केसीले आफ्नो क्षेत्रमा जितको हृयाट्रिक पूरा गरेका छन् । चालिसे र पौडेल पनि संसदीय यात्राको पहिलो प्रयासमै संसद्मा प्रवेश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...