काठमाडौ, 10 जून 2022
सेयर बजार सुधार गर्नु भन्दै सेयर बजार लगानीकर्ताहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिदा यस क्षेत्र नै धरासयी भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले बजारमाथिको अनावश्यक हस्तक्षेप बन्द गर, सिसिडी रेसियो कामय गर, सेयर धितो कर्जामा जोखिम भार कम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको उनीहरुको आरोप छ । पूजीबजार सुधारका लागि आफुहरुले ध्यानाकर्षण पत्र बुझाइसकेको अवस्थामा सरकारले कुनै कदम नचाले असार १ गते कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।









































