HomeFeatureकाठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रियाको...

काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, 23 फरवरी 2022

संसदीय समितिले काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रिया पूर्व तयारीको कार्य सम्पन्न नगरि सुरु गरेको र कानून सम्मत नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थ बिबरण सात दिनभित्र समितिमा पेश गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो । त्यस्तै बैठकले फाल्गुन २६ र २७ गते काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिनाका लाथि थप गर्ने निर्णय गरेको उहाले बताउनुभयो । बैठकमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । उहाले आयोजनामा देखिएका अन्य समस्या समाधानका लागि मातहतका मन्त्रालयसंग समन्वय भइरहेको जानकारी दिनुभयो । त्यस्तै समिति सदस्यहरुले आयोजनामा देखिएका समस्याहरुलाइ समाधान गर्दै तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । २०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने तयारी सेनाको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...