HomeFeatureकाठमाण्डौँमा ‘दशौँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०७६’ आयोजना हुने

काठमाण्डौँमा ‘दशौँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०७६’ आयोजना हुने

काठमाण्डौँ, 20 फरवरी 2020

आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०७६’ आयोजना हुने भएको छ। एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गते सम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकिय क्षेत्रमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागिएको जनाएको हो। एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने विश्वास गरिएको बताउनुभयो। ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनको अभियानलाई निरन्तरता दिंदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य राखिएको जानकारी उहाँले दिनुभयो। उहाँले देशको संस्कृति, पुरातात्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई देशकै प्रचारप्रसार हुने विश्वास राखिएको बताउनुभयो।

मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी साँस्कृतिक कलाकारहरुको सहभागिता रहने छ। मेलामा कलाकारहरुले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...