HomeFeatureकाठमाण्डौमा मनाईयो विश्व हिन्दी दिवस, भाषाको कुनै भुगोल नहुने मन्त्री हृदयेश त्रिपाठीको...

काठमाण्डौमा मनाईयो विश्व हिन्दी दिवस, भाषाको कुनै भुगोल नहुने मन्त्री हृदयेश त्रिपाठीको भनाई

काठमाण्डौ, 10 जनवरी 2020

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताउनुभएको छ । बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सिमाले नरोक्ने बताउनुभएको छ । भारतीय दुतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । मन्त्री त्रिपाठीले नेपाल एक बहु भाषी बहु सांस्कृतिक र बहु जतिय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताउनुभयो । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठुलो र सम्पन्न देश भएको उहाँले बताउनुभयो । उहाँले हिन्दी भाषा र नेपाली भाषा दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताउनुभयो । परस्पर रुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सिमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सिमालाई पनि पार गरेको बताउनु्भयो ।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत­–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताउनुभयो । दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उहाँले बताउनुभयो । उहाँले भाषाको यहि समानताले दुवै देशका जनतालाई जोडेर राखेको छ जसरी जनकुर र अयोध्या, पशुपति र काँशी, लुम्बीनी र बोधगया जोडिएका छन् । त्यसैले भाषा र संस्कृतिको परिणाम नै नेपाल र भारतबीचको सम्बन्ध भएको उहाँले बताउनुभयो ।

बाह्रखरी बुक्सले बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी भाषामा प्रकाशित ‘उत्कृष्ट कहानियाँ’को विमोचन संयुक्त रुपमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजय कुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यले गर्नुभएको हो । यो पुष्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोडने संग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने बाह्रखरी बुक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...