काठमाडौं, 13 अक्तूबर 2021
राजधानी काठमाण्डौलाई कार्यस्थल बनाएर बसेकाहरु दशै मनाउन घर फर्के संगै राजधानीका सडकमा सवारी चाप घटेको छ । फूलपातीदेखि सार्वजनिक विदा सुरु भएको कारण पनि राजधानीका मुख्य सडकमा सवारी चाप घटेको हो । उपत्यकामा सार्वजनिक र नीजि सवारी कम सञ्चालन भएका छन् । अधिकांश दशै मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ आफ्ना घरमा पारिवारिक जमघटमा बसेपछि हरेक बर्ष दशैमा राजधानीका सडकमा सवारीको चाप कम हुने गरेको छ ।









































