HomeFeatureकाठमाण्डौ महानगरपालिकाद्वारा फेरि पीसीआर परिक्षणका लागि स्वाव संकलन शुरु

काठमाण्डौ महानगरपालिकाद्वारा फेरि पीसीआर परिक्षणका लागि स्वाव संकलन शुरु

काठमाण्डौ, 13 मई 2021

कोभिड १९ संक्रमणको दोश्रो लहर संगै लक्षण सहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाण्डौ महानगरपालिकाले विहिबार देखि पिसिआरका लागि स्वाव संकलन गर्ने काम सुरु गरेको छ । काठमाण्डौ महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई निशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने गरेको थियो । कोभिड संक्रमणमा कमि आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो । तर केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पिसिआरका लागि स्वाव संकलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मी लगायत त्यस कार्यमा जुट्ने कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि केही समय स्वाव संकलनको कामलाई स्थगन गरेको थियो । दोश्रो लहरमा लक्षण सहितका संक्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भएपनि पिसिआरका लागि स्वाव संकलन कार्यलाई पुन सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जानकारी दिनुभयो ।

यसबाहेक महानगरले सबै नगरबासीको स्वास्थ्यलाई मध्यनगर गरि जनचेतना जगाउने कार्य पनि गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताउनुभयो । महानगरपालिकाले बिहान बढी भीडभाड हुने तरकारी, फलफुल पसल लगायत स्थानमा माईकिङ गरेर सचेतना कार्यक्रम सुरु गरेको छ । त्यसैगरी वडा वडामा पनि सचेतना फैलाउनुको साथै संक्रमित भएर घरमै बसेका विरामीको व्यवस्थापन, सहयोग र उपचारका लागि सचेतना टिम गठन गरेर ३२ वटै वडाले काम गर्ने गरि सचेतना टिम घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । महानगरले विषम परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस् भनेर विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने गरि वडाहरुलाई समन्वय गर्ने गरि काम गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...