HomeFeatureकार्यकुशलताका आधारमा प्रदेश प्रहरीको नेतृत्व हेरफेर : लामिछाने

कार्यकुशलताका आधारमा प्रदेश प्रहरीको नेतृत्व हेरफेर : लामिछाने

काठमाडौं, 16 जनवरी 2023

प्रदेश प्रहरीको नेतृत्वमा गएका अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । उनले कुनै राजनीतिक हस्तक्षेपबिना प्रदेश प्रहरीको नेतृत्वमा कार्यकुशलताका आधारमा जिम्मेवारी हेरफेर गरिएको बताएका हुन् । गृहमन्त्री लामिछानेले पुस २८ मा सातवटै प्रदेश प्रहरीको जिम्मेवारीमा सरुवा भएका डीआईजीहरूलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताएका हुन् ।गृहमन्त्रीको सचिवालयका अनुसार ‘संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको र यो विषयमा सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नहुने’ स्पष्ट पारेको जानकारी दिएको छ । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितमा काम गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।

गृहमन्त्रीले प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न लागेका डीआईजीहरूलाई दिएका निर्देशनबारे उनको सचिवालयले भनेको छ, ‘अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनुपर्दैन । तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।’

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा काम गर्न नयाँ जिम्मेवारी पाएका अधिकारीहरूलाई गृहमन्त्रीले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...