Homeसमाचारकार्वन रहित विश्व भन्ने नाराका साथ सोमबार विश्व बसोबास दिवस

कार्वन रहित विश्व भन्ने नाराका साथ सोमबार विश्व बसोबास दिवस

काठमाडौं, 4 अक्तूबर 2021

तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वन रहित विश्व भन्ने नाराका साथ सोमबार विश्व बसोबास दिवस मनाइएको छ । दिवसका अवसरमा शहरी विकास तथा भवन निर्माण बिभागले ललितपुरमा बिज्ञहरुसंगका छलफल गरेको थियो भने बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिएको थियो। हरेक बर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्वभर नै बसोबास दिवस मनाउने गरिन्छ । विश्व वसोवास दिवस २०७८ मूल समितिका संयोजक एवं शहरी बिकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले सन २०१५ को जलवायु परिवर्तन सम्बन्धी पेरिस समझौता अनुसार कार्वन उत्सर्जन घटाई जलवायु परिवर्तन निर्धारित सीमाभित्र राख्नका लागि शहरी व्यवस्थापन मूख्य चूनौति रहेकाले यसमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । तीव्र रुपमा भइरहेका शहरीकरणका कारण कार्वन उत्सर्जन बढ्न जाने खतरा भइरहेका व्यवस्थीत शहरीकरणको खाँचो रहेको उहाको भनाई छ । शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...