8 नवम्बर 2021
किशोरी बलात्कारको आरोपमा कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका छन् । उनी कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष पनि हुन् । उनलाई प्रहरीका अनुसार ठमेलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले अधिकारीलाई पक्राउ गरी पाँच दिन म्याद थप परेर अनुसन्धान भइरहेको छ । १६ वर्षीया किशोरीलाई ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ । पीडित किशोरीको बयान र मेडिकल चेकजाँच बढाइएको छ ।









































