नयाँ दिल्ली 28, जनवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार 2022-सम्म किसानहरूको आय दोब्बर गर्नको लागि सुधारात्मक उपायहरूमाथि लगातार काम गरिरहेको बताउनुभएको छ। आज गुजरातको गान्धीनगरमा तेस्रो वैश्विक आलू सम्मेलनलाई भिडियो कन्फ्रेन्सिङ्गमार्फत सम्बोधन गर्दै उहाँले सरकारको नीति तथा किसानहरूका प्रयासले भारतले कैयौँ प्रकारका दालहरू र अन्य खाद्य पदार्थहरूको उत्पादनमा विश्वका शीर्ष तीन देशमा स्थान बनाएको बताउनुभयो।
उहाँले शत-प्रतिशत प्रत्यक्ष विदेशी लगानीको सुरूआत तथा प्रधानमन्त्री किसान सम्पदा योजनाको माध्यमबाट मूल्य संवर्धन अनि मूल्य श्रृङ्खला विकसित गर्ने प्रयासहरू गरिएको बताउनुभयो। प्रधानमन्त्री मोदीले यस महिनाको सुरूआतमा 6 करोड किसानहरूको बैंक खातामा एक पटकमा 12 हजार करोड रूपैयाँ स्थानान्तरित गर्ने रिकर्ड बनाइएको बताउनुभयो।









































