HomeFeatureकुनैपनि समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने छ: समिति सभापति शशी श्रेष्ठ

कुनैपनि समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने छ: समिति सभापति शशी श्रेष्ठ

काठमाण्डौ,11 डिसेम्बर 2020

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ। समितिले दिएको निर्देशन विपरित सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताउनुभएको हो। शुक्रबार सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरु पालना गर्नुपर्ने बताउनुभएको हो। समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो।

पूर्व सचिव मुकुन्द शर्माले भने कुनैपनि समितिले दिएका निर्देशनहरु सरकारले पालाना गरेको नगरेको भन्ने सम्बनधमा समिति आफैले कार्यप्रगति मूल्याङ्कन गरी संसद समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताउनुभयो । तर सरकारले कुनै निर्देशनहरु कार्यान्वयन नगरेमा समितिका सभापतिहरु विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरुलाई सरकारले बेवास्ता गरिरहेको बताउनुभयो । यस्तै कुनैपनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताउनुभयो ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । समितिको बैठकमा अधिकांश सांसदहरुले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वन गर्न समितिले निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...