HomeFeatureकुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन :...

कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन : महामन्त्री थापा

काठमाडौं, 14 जनवरी 2023

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएको आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो । रामकृष्ण भण्डारीले लेखेको ‘सत्ता संघर्ष : 30 वर्षमा 28 सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा शनिबार थापाले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताएका हुन् ।

 ‘नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयो। आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयो । सोमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर 4 देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्यो भन्ने मात्रै देखिन्छ,’ उनले भने ।

पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेको र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हो भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेको तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीको आड लिएको उनको टिप्पणी छ ।

मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेको भन्दै उनले भने, ‘कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...