HomeFeatureकुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको छ

कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको छ

काठमाडौं, 21 दिसम्बर 2021

कुमारी बैक काठमाण्डौ टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन काठमाण्डौ ब्याडमिन्टन आमन्त्रीत २०२१ मा समूह ए तर्फ  कुमारी बैंकले बिजयी सुरुवात गर्न सफल भएको छ । कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको हो । प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकल तर्फ उच्च बरियताका पुरुष खेलाडीविचको खेलमा कुमारी र्बैकका सुदीप सेढाईले कान्तिपुरका साजन कृष्ण ताम्राकालाई २१–१८, २१–१९ ले पराजित गरे । यस्तै महिला तर्फ सुनैना मुखियाले संझना शर्मालाई २१–९, २१–११ ले पराजित गरिन् । यस्तै कर्पोरेट युगल तर्फको खेलमा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल र महेश स्वारलाई २१–१५, २७–२५ ले जित निकाल्दै ३–० को जित निकालेको हो । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजना भएको समूह बि तर्फको आईएमई ग्रुप र नेपाल बिद्युत प्राधिकरणविचको खेलमा नेपाल बिद्युत प्राधिकरणले ३–२ को कठिन जित निकाल्यो । प्राधिकरणले जित निकाल्ने क्रममा सुरुको दुई खेलमा हार बेहोरेता पनि खेलमा फर्कदै जितलाई आफ्नो पक्षमा पार्यो । पुरुष एकल तर्फ आईएमईका नविन श्रेष्ठले बिद्युतका दीपक बोहरालाई २१–१४,  २१–१६ ले जित निकाले । यस्तै महिला एकल तर्फ नङ्गसल देवी तामाङ्गले शोभा चन्दलाई २१–१२, २१–१५ ले जित निकाल्दै जितलाई २–० ले आफ्नो पक्षमा पारे । तर तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए । यसैगरि बिद्युतकी शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङ्गशल तामाङ्गको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेललाई २–२ को बरावरीमा ल्याए । निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गदै जितलाई ३–२ का साथ आफ्नो पक्षमा पारेको हो । टिम प्रतियोगितामा बरियताका पुरुष एकल र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरि बेष्ट अफ फाईभको गेम हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...