HomeFeatureकुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ को पहिचान खुल्यो

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ को पहिचान खुल्यो

काठमाडौँ, १४ फरवरी, २०२०
कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएको कुवेतमा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ ।

ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

बालुवाको ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्या्क्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दुरीमा रहेको छ ।

घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...