HomeFeatureकेपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन् : माधव नेपाल

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन् : माधव नेपाल

काठमाडौं, 25 मार्च 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा पार्टी निकट महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले निर्वाचनको तयारीलाई तीव्रता दिएको भन्दै विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने बताउनुभएको हो । उहाले कांग्रेसका केही नेताहरु गठबन्धनको बिपक्षमा र प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको पक्षमा रहेकाले कांग्रेसको औपचारिक निर्णय पर्खिरहेको धारणा पनि राख्नुभयो ।  गठबन्धन नभए एक्लै चुनाव लड्ने तयारी रहेको भन्दै अध्यक्ष नेपालले केहि व्यक्तिहरु अहिले पनि गठबन्धन तोड्न लागिरहेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले राप्रपासँग साँठगाँठ गर्न खोजिरहेको र त्यसका लागि सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेको बताउनुभयो । दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्न खोज्ने भएपनि आफुहरु लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्ने उहाले बताउनुभयो ।  अध्यक्ष नेपालले ६ महिनाभित्रै आफ्नो पार्टी विस्तार भएका कारण वैरीहरु आतिएर मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गर्नुभयो । उहाले मुलुकभर नै  आफ्नो पार्टीमा प्रवेश गर्नेको महाभियान नै चलेको दावी गर्नुभयो । त्यस्तै अध्यक्ष नेपालले यसअघि एमालेले ल्याएको लोकप्रिय कार्यक्रममा आफ्नो सहभागीता भएको धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...