HomeFeatureके तपाईलाई डायबिटिज छ ? खान हुने र नहुने चिज...

के तपाईलाई डायबिटिज छ ? खान हुने र नहुने चिज थाहा पाउनोस्

नयाँदिल्ली, १ फेब्रुअरी
डायबिटिज अर्थात मधुमेह एक गम्भीर समस्या हो । यो कुरा हामी सबैलाई थाहा हुनैपर्छ । यस्ता रोगीहरुले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि, खानामा भएको सामान्य गल्तीले गर्दा पनि बिरामीका लागि खतरनाक साबित हुन सक्छ ।

नेपालमा धेरैजसो घरमा अन्य खानेकुराभन्दा चामलको नै बढी प्रयोग गरिन्छ । तर, चामल सेवन मधुमेह रोगीका लागि हानिकारक हुन सक्छ ।

स्वस्थ्यविज्ञ भन्छन् चामलमा भएको कार्बोहाइड्रेट र क्यालोरीले रगतमा सुगरको मात्रा बढाउन सहयोग गर्छ ।

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, जो मानिसले धेरै मात्रामा चामल सेवन गर्छन् उनीहरूमा डायबिटिज हुने खतरा बढी हुन्छ । विज्ञका अनुसार पहिलेदेखि नै डायबिटिज भएकाहरूका लागि भने चामलका खानेकुरादेखि साबधानी अपनाउनु आवश्यक छैन । तर, हप्ताको एक दिन कम खानु भने आवश्यक हुन्छ ।

हुन त मधुमेहका रोगी सबै किसिमका चामल खान सक्छन् । तर, ह्वाइट राइसको तुलनामा ब्राउन राइस स्वास्थ्यका लागि बढी फाइदाजनक छ ।

ब्राउन राइसमा ग्लाइसिमिक इंडेक्सको स्तर ६८ प्रतिशत हुन्छ, जबकि ह्वाइट राइसमा यसको मात्रा ७३ प्रतिशत हुन्छ ।

विज्ञका अनुसार मधुमेहका रोगीले जुन चिजमा ग्लाइसिमिक इन्डेक्सको स्तर ५५ प्रतिशतभन्दा कम छ, ती चिज मात्र सेवन गर्नुपर्दछ । यसबाट ब्लडमा सुगरको मात्रा धेरै बढ्दैन । जबकि, ७० प्रतिशतभन्दा धेरै ग्लाइसिमिक इन्डेक्स भएका खानेकुरा सुगररोगीका लागि खतरनाक साबित हुन सक्छ ।

त्यसैले विज्ञहरू सुगरका रोगीलाई ह्वाइट राइसको सट्टामाा ब्राउन राइस खान सल्लाह दिन्छन् ।
चामलको खानामा गाजर, प्याज, केराउ, साग–सब्जी मिलाएर खानु राम्रो हुन्छ । यसो गर्नाले चामलमा पोषणको मात्रा बढ्छ । विज्ञ भन्छन्, सुगरका बिरामीलाई कुन खानेकुरामा ब्लड सुगर बढाउने तत्व बढी हुन्छ भन्ने कुराको राम्रो जानकारी हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...