HomeFeatureकैलालीको जुगेडामा दुई प्रहरीको हत्या गर्ने मुख्य योजनाकार पक्राउ, प्रहरीद्वारा सार्वजनिक

कैलालीको जुगेडामा दुई प्रहरीको हत्या गर्ने मुख्य योजनाकार पक्राउ, प्रहरीद्वारा सार्वजनिक

कैलाली, 28 डिसेम्बर

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका वडा नं. १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो । तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुगेडा क्षेत्रमा तस्करहरूको गिरोह र गस्तीमा रहेका प्रहरीबिच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ । घटनामा मुख्य भूमिका रानाकै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो । घटना लगत्तै भारत पसेका रानालाई नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा पौष १२ गते बेलुकी सात बजे पक्राउ गरिएको जबराले बताउनुभयो ।

यस्तै सोही घटनामा यसअघि पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको पनि प्रहरीले बताएको छ । हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना, पर्कु भनिने रोहित राना, गब्बर भनिने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भनिने दलराम राना, गोपाल भनिने रामगोपाल राना र रोहित राना लाई जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि कारागार चलान गरिएको छ । घटनामा संलग्न धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार धरौटीमा छुटेका थिए । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएका थिए । बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...