कैलाली, 6 मार्च 2020/ हिम शाह
कैलालीको साडेपानीमा संचालन भएको कम उमेरमा हुने विवाह तथा छाउपडी प्रथा विरुद्धको अभियान सकिएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) तथा प्लान ईन्टरनेश्नलको सहयोगमा नयाँ बजार महिला कृषि समुहले अभियान संचालन गरेको थियो । फागुन १३ गते बाट सुुरु भएको अभियान शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
कृषि समुहकी अध्यक्ष राजमती अधिकारीको सभापित्तत्वका सम्पन्न कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर २ का अध्यक्ष हरिराज बिष्ट रहेका थिए । यस्तै कार्यक्रममा वडा सदस्यहरु, महिला अधिकारकर्मी गोमा आचार्य, आरेककी बिनु राना, प्रहरी निरिक्षक हरिशरण भट्ट, दशरथ माध्यामीक विद्यालयका अध्यक्ष मणी प्रसाद चौलागई, गणेश बम लगायत बिभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष बिष्टले अभियान समाजको सकारात्मक रुपान्तरणका लागि महत्वपूर्ण रहेको तथा संघ संस्थाहरु संग समन्वय गरी यसलाई निरन्तरता दिने बताए । यस्तै महिला अधिकारकर्मी आचार्यले बिगत देखी नै आफुहरुले उठाउदै आएको मुद्धालाई सरकारले महत्व दिन थालेको भन्दै खुशी ब्यक्त गरिन । साथै उनले छाउगोठ भत्काएर मात्र कुरिती अन्त्य नहुने भन्दै तीनै तहको सरकारले बृहत योजना निर्माणका साथ अघि बढ्नु पर्ने धारणा राखिन् ।
कार्यक्रम मार्फत महिलाको मुद्धामा समाचार सम्पषण गरेको भन्दै महिला पुनस्र्थापना केन्द्र (ओरेक कैलाली) ले पत्रकार लोकु सिंह ठकुरीलाई सम्मान समेत गरेको छ । नयाँ बजार महिला कृषि समुहकी सचिव लोकसरा बिष्टले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य बाल कुमारी शाहीले गरेकी थिईन् ।









































