HomeFeatureकोभिडको तेस्रो लहरबाट बालबालिकाहरुलाई बचाउनुपर्नेमा सांसदहरुको जोड

कोभिडको तेस्रो लहरबाट बालबालिकाहरुलाई बचाउनुपर्नेमा सांसदहरुको जोड

काठमाण्डौं, 29 जुलाई 2021

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बोल्दै सांसदहरुले कोभिड–१९ संक्रमणको तेस्रो लहरबाट बालबालिकाहरुलाई बचाउने तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन्। सांसदहरुले समितिको बिहीवारको बैठकमा बोल्दै तेस्रो संक्रमणको जोखिमबाट महिला तथा बालबालिकाहरुलाई बचाउने तयारीमा जुट्न जोड दिएका हुन्। समितिकी सदस्य दुर्गाकुमारी विश्वकर्माले कोरोनाको तेस्रो लहरबाट बच्न सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयू पर्याप्त नभएको भन्दै स्वास्थ्य क्षेत्रमा पहिलो बजेट छुट्याएर काम गर्नुपर्ने बताउनुभयो।

सदस्य विश्वकर्माले भन्नुभयो, “कोरोनाको तेस्रो लहरको वेभ आउने नै हो भने, सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयूको पर्याप्त व्यवस्था गर्नुपर्यो, यसमा सरकारले पहिलो बजेट नै स्वास्थ्य क्षेत्रलाई छुट्याएर काम गर्नुपर्दछ, साथै स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थित र अनुगमन गर्नुपर्छ ।

त्यसैगरी समितिकी सदस्य हिरा गुरुङले कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनिएकोले पर्याप्त मात्रामा पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकालाई तेस्रो लहरबाट जोगाउने र बालबालिका प्रभावित बन्ने भनिरहेको भन्दै यसको पर्याप्त तयारीमा लाग्न र स्वास्थ्य मन्त्रालय संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनेका छौँ, बालबालिकालाई कसरि जोगाउने भनेका छौँ, तर यसमा पर्याप्त मात्रामा हामीले पूर्वतयारी गर्न सकेका छैनौँ, यस विषयमा स्वास्थ्य मन्त्रालयले छलफलमा जुटेर एकदमै संवेदनशील बनोस् ।

समितिमा राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख मिलन घलेले संस्थाले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बालमैत्री क्वारेन्टाइन र आइसोलेशन सेवा बिस्तार गर्न आग्रह गरेको बताउनुभयो। उहाँले कोरोनाको तेस्रो लहरको जोखिमबाट बालबालिकाको स्वास्थ्य जोगाउन संस्थाले ५१५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेर प्राविधिक सहायता उपलब्ध गराइरहेको पनि जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो, “हामीले ५१५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेर बालमैत्री क्वारेन्टाइन, आइसोलेशन, बालबालिकाको स्वास्थ्य सेवा लगायत बालबालिका संरक्षणका लागि उक्त क्षेत्रमा प्राविधिक सहयोग गरिरहेका छौँ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भनेर सरकार चिन्तित रहेको बताउनुभयो । तर योलहरले कसलाई बढी चिन्तित गर्छ भनेर यकिन भन्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालबालिकालाई असर गर्छ भने चिन्तित छौँ तर हामीले यो वेभले कसलाई धेरै असर गर्छ भनेर यकिन भन्न सकिरहेका छैनौँ, त्यसैले आज भन्दा डेढ महिनाअघि बालबालिकालाई असर गर्दछ भन्ने समाचारले डर पैदा गर्यो तर अहिलेको अवस्था हेर्दा जुन उमेरका मानिसलाई पनि असर गर्न सक्छ भनेको छ, एउटा राम्रो कुरा बालबालिकालाई यसले असर गर्ने सम्भावना कम छ भनेको छ, बालबालिकाको इम्यूनिटीका कारण कोरोनाले केही असर गरेपनि मृत्युमै लैजाने हुँदैन ।

उहाँले भदौ भित्रमा देशभर २३० वटा भेन्टिलेटर थपेको जानकारी दिनुभयो । सचिव पोखरेलले कान्तिबाल अस्पतालमा तेस्रो लहरको जोखिमबाट बच्नका लागि ५० वटा भेन्टिलेटर थप गरेको र विभिन्न प्रादेशकि अस्पतालमा ५–१० वटा भेन्टिलेटर थप्दै जाने गरी २३० वटा भेन्टिलेटर थप गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...