HomeFeatureकोभिड-१९ बाट थप १८ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ७...

कोभिड-१९ बाट थप १८ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुग्यो

काठमाण्डौ,19 अक्टूबर 2020

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड-१९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताउनुभएको हो । यससँगै देशरभर कुल सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ। हालसमम कुल संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । देशभर संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १३ हजार ८ सय ५१ रहेको छ भने २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा रहेका छन।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८ सय, भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जना रहेका छन। पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ३५ जना निको भएका छन् । यससँगै हालसम्म ९४ हजार ५ सय १ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार कोभिड १९ संक्रमण निको हुनेहरुको दर ६९ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जना व्यक्तिको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो। आज देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै २ सय ८२ जना आइसीयूमा उपचार भइराखेको छ। त्यसबाहेक देशभर ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...