5 नवम्बर 2021
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न राष्ट्र संघीय मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ । कात्तिक १९ गते युनाइटेड नेशन डिसइन्गेजमेन्ट अवजर्वर फोर्स सिरियामा तैनाथ फोर्स हे.क्वा. सर्पोट युनिट (शा.से.) दशौं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) पाँचौ डफ्फा, ईन्जिनियर से.मु. (शा.से.) छैठौं डफ्फा, लेवल १ (+) अस्पताल (शा.से.) तेश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शा.से.) दोश्रो डफ्फामा सहभागि हुनको लागि सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको नफ्री युटी एअर रसियाको उडान नं. युटीए ९११६ मार्फत काठमाडौँबाट शुक्रबार विहान ९ बजे प्रस्थान गरेका छन् ।









































