काठमाडौं, 27 अक्तूबर 2021
कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा बुधबारदेखि कामदार पठाउन सुरु गरिएको हो । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि कोरिया जान शुरु गर्ने भएको बैदेशिक रोजगार विभागले जनाएको छ । पहिलो चरणमा ४८ जना श्रमिकहरु बुधबार कोरिया पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताउनुभयो । उहाँले कोरियामा गएर काम गरी नेपाल आएका कामदारहरु पुनः कोरिया पठाउँन थालिएको बताउनुभयो । पहिलो चरणमा ५० जना पठाउँनु पर्नेमा प्राधिक कमजोरिका कारण ४८ जना मात्रै पठाउन लागिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक काफ्लेले कोरियाबाट कमिटेड वर्कर १ सय १९ मध्य ४८ जनालाई पहिलो चरणमा पठाइएको बताउनुभयो । उहाले अन्य कामदारलाई पनि दुबै मुलुकबीच समन्वनय गर्दै अगाडी बढ्ने बताउनुभयो ।









































