25 दिसम्बर 2021
बेलायतमा कोरोनाका कारण क्रिसमसको कुनै उत्साह छैन । युरोप र अमेरिकामा कोरोनाको पाँचौं लहरले कहर निम्त्याउन लागेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण खतरा दोब्बर भएको छ । जनतालाई बचाउन विश्वका सरकारहरूले आवश्यक कदम चालिरहेका छन्। जसका कारण न त पहिलेको जस्तो किनमेल गर्न पाउँछन्, न घरबाट बाहिर निस्केर खुसी मनाउन सक्छन् ।









































