कैलाली, 21 मार्च 2020
कोरोना भाइरस संक्रमणको आशंकामा 3 जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको आपतकालिन विभाग प्रमुख डा. जगदीश जोशीले बताउनुभयो। तीनै जनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उहाँले जानकारी दिनुभयो।
उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले बताउनुभयो। उनीहरूको रिपोर्ट सोमबारसम्म आउने डा. जोशीले बताउनुभयो।









































