मलेसिया, 3 दिसम्बर 2021
कोरोनाको ओमिक्रोन भेरियन्ट एसियामा पनि फैलिन थालेको छ । मलेसियाका स्वास्थ्यमन्त्रीले ओमिक्रोनको पहिलो केस देशमा दर्ता भएको जनाए । दक्षिण अफ्रिकाका एक विदेशी यात्रीमा नयाँ भेरियन्ट फेला परेको छ। यात्रु गत मंसिर १९ गते सिंगापुर हुँदै मलेसिया पुगेका थिए । रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन्। विश्व स्वास्थय संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ। अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अभिकांश देशमा पुगिसकेको छ । विभिन्न देशहरुले बाह्य उडानहरु धमाधम रद्द गर्न थालेका छन् भने विदेशी यात्रुहरुलाई आवगमनमा रोक लगाइरहेका छन्।









































