HomeTrending Newsकोरोनाको प्रत्यक्ष भोगाइ र परिवारले भोगेको तिरस्कार  

कोरोनाको प्रत्यक्ष भोगाइ र परिवारले भोगेको तिरस्कार  

गोपाल थापा, रुपन्देही

विश्वब्यापी महामारीको रुप धारण गरेको कोरोना भाइरस  ।  विश्वलाई नै चपेटामा लिएको कोरोनाले नेपाललाइ पनि अछुतो राख्न सकेन   नेपालमा नेपालीहरु रोगले भन्दा रोगको डर, त्राशले  र तिरस्कारले को कारण जताततै मर्ने अवस्था सिर्जना भएको छ ।

शब्दमा सुनेको कोरोना नामक महामारीले मलाइ पनि चपेटामा ल्याउला भन्ने सोचेको पनि थिइन।  आज छुवाछुत अर्थात कोरोना पोजिटिभ भएको पाँच दिन  भयो  विश्वभरी फैलिएको  कोबिड-१९  कोरोनालाई मैले  छुवाछुत बीमारी को नाम दिएको छु ।   कुनै पनि बीमारी लाई सानो सम्झिन हुँदैन ।  यो सत्य हो तर एउटा  मामूली रुघाखोकी भएकोलाई   कोरोना पोजिटिभ  भनेर आइसोलेसनमा राख्नु  यो नीति ठीक होइन। यो बीमार आफ्नो शरीर बाट नै उत्पन्न हुने बीमारी हो।  यो बीमारी  कसैसंग  सम्पर्क भएर लाग्ने बीमारी होइन  जस्तो मलाई लाग्छ । सर्व प्रथम त यो भन्दा पनि ठूला ठूला बीमारीहरु छन। अन्य बीमारी हुँदा हामी सबै  बीमारीलाई  भेटेर आत्मवल बढाउने गर्छौ। शीघ्र स्वास्थ लाभको लागि भेटेर  सहयोग गर्छौ। बिडम्बना अहिलेको यो  कोरोना  छुवाछुतको बिमारी बनेको छ।  पोजिटिभ  देखिएका व्यक्ति र उसको परिवारहरु लाई  हामी सबैले तिरस्कारको भावनाले  उनीहरुको जीवनलाई  नर्क जस्तै किन बनाइ रहेका छौ ? यो मेरो आफ्नै भोगाइ हो।  तपाइँ हामी सबैले सोच्नु पर्ने  विषय बनेको छ ।  हाम्रो समाजमा हौसला दिने कम र घृणा गर्ने धेरै मानिस भेटिनु दुर्भाग्य नै हो।

म लेखने लेखक त होइन, तर पनि आज यो  लेख मार्फत आफ्नो भावनालाइ पोख्न बाध्य भएको छु। कोरोना सुनेको मात्रै थिए तर आज यसको भुक्तभोगी  भएको छु।   कोरोना छुवाछुत भन्ने बीमारीलाई विश्वव्यापी त बनायौ। तर यो  विश्व व्यापी  बनेको  हाम्रो सानो सोचले हो।  जब सम्म छुवाछुत प्रविधि जस्तो  सानो सोच  तपाईं हाम्रो आत्मा देखि हट्दैन तब सम्म यो कोरोना छुवाछुत जस्तो  बीमारी लाई जित्न सकिँदैन। हामी कतै पाप त गर्दै छैनौ ? यदि यस्तो लाग्छ भने, यस्तो पाप तपाईं हामीले नगरौं। सबैमा हार्दिक अनुरोध गर्दछु।

अरु बीमारी लाई झै यो कोरोना बीमारी लाई पनि सम्मान सहित जित्न सकिन्छ, केवल आत्मविश्वास एवम् आत्मबल दरो बनाउन जरुरि छ। मलाइ कोरोना पोजिटिभ देखिए पछि आइसोलेसनमा बसेको पाँच दिन भयो ।  यो पाँच दिनमा यहा भित्र(समाज)को  ब्यबहार र  हामी पीडितको  घर परिवारले भोगेको तिरस्कारलाइ आज यहाँ साझा गर्न बाध्य भएको छु। जसरी कोरोना  फैलिएको भन्दा पहिला हाम्रो सम्बन्ध थियो त्यस्तै  हातेमालो गरेर जित्न सकिन्।    पीडित र पीडितको परिवारलाई तिरस्कार गरेर टाढा बनाएर  यसको उपचार हुँदैन ।  बरु स्वास्थ्य बचाउका पूर्ण नियमहरु जस्तै मास्क  लगाउनु,  खोक्दा रुमालले मुख छोप्नु, घर  बाहिर जादा सामाजिक दुरी कायम गर्नु जस्ता नियम अनिवार्य पालना गर्नुपर्छ।

पटक पटक साबुन पानीले  हाथ धुने,   घर बाहिर भिडभाडमा  घुलमिल नहुने जस्ता साबधानी अपनाउन सकिन्छ। त्यसैले    बीमारी जित्नलाई तपाईं हाम्रो हातेमालो हुनु जरुरी छ। आफु पनि बाचौ र अरुलाई पनि बाच्न दिनु पर्छ भन्ने मान्यताको यो, मेरो हार्दिक अनुरोध सबैका लागि हो।

लेखक :प्रवासी नेपाली मञ्च भारतका  केन्द्रिय सदस्य एवम् मदन भण्डारी  ईस्पोर्ट  एकेडेमी प्रवास इन्चार्ज हुन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...